सुनको मूल्य सामान्य बढ्यो, चाँदीको कति ?
काठमाडौं । आज सुनको मूल्य सामान्य बढेको छ । आज सुनको मूल्य २०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
महासंघका अनुसार शुक्रवार प्रतितोला २ लाख ९६ हजार ९०० रुपैयाँमा कारोबार भएको सुन आज बढेर २ लाख ९७ हजार १०० रुपैयाँ कायम भएको छ ।
महासंघका अनुसार चाँदीको मूल्य पनि सामान्य बढेको छ । महासंघका अनुसार चाँदी प्रतितोला १५ रुपैयाँले बढेको छ ।
शुक्रवार प्रतितोला ४ हजार ९६० रुपैयाँमा कारोबार भएको चाँदी आज बढेर ४ हजार ९७५ रुपैयाँ कायम भएको छ ।













