राष्ट्रपति भण्डारीको पनी दुई महिनाको पारिश्रमिक कोरोना कोषमा
काठमाण्डौ । राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो दुई महिनाको पारिश्रमिक तलब र चाडपर्व खर्चबापत प्राप्त हुने रकम कोरोना कोषमा जम्मा गर्ने आज एक सुचना निकाली जानकारी दिएको छ ।
विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस कोभिड १९रोकथाम तथा नियन्त्रणका लागि सरकारले स्थापना गरेको कोरोना भाइरस सङ्क्रमण रोकथाम तथा उपचार कोषमा जम्मा गनेर्् राष्ट्रपति कार्यालयका प्रवक्ता हरिप्रसाद दाहालले आज एक विज्ञप्ति जारी गर्दै जानकारी दिएका छन ।
यसअघि प्रधानमन्त्रीसहित सबै मन्त्रीहरु, विभिन्न पार्टीका नेता तथा सांसदहरुले दशैँ भत्ता कोरोना कोषमा जम्मा गर्ने निर्णय गरेका छन ।














