सन नेपाल लाइफका अध्यक्ष क्यालसहित चार सञ्चालकको पदावधि थप - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

सन नेपाल लाइफका अध्यक्ष क्यालसहित चार सञ्चालकको पदावधि थप



काठमाडौँ । सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडका अध्यक्ष अनुज क्यालसहित चार जना सञ्चालकहरूको पदावधि थप भएको छ ।

कम्पनीमा संस्थापक सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालकहरू अनुज क्याल, ससांक अग्रवाल, किरण के.सी. तथा नारायण रुगटाको पदावधि थप गरिएको हो ।

उनीहरूको चार वर्षे पदावधि २०८३ वैशाख ८ गतेदेखि समाप्त हुन लागेको थियो । सोही सन्दर्भमा सञ्चालक समितिको मिति २०८३ वैशाख ६ गते बसेको १५७ औँ बैठकले आगामी वार्षिक साधारण सभा नभएसम्मका लागि उनीहरूलाई सञ्चालक पदमा निरन्तरता दिने निर्णय गरेको कम्पनी सचिव बिनोद शर्मा पौडेलले जानकारी दिएका छन् ।

पदावधि थपिएसँगै हाल कायम रहेको सञ्चालक समितिको संरचना बमोजिम अनुज क्यालले नै अध्यक्ष पदमा निरन्तरता पाउने कम्पनीले जनाएको छ । कम्पनीले यस निर्णयको जानकारी नेपाल स्टक एक्सचेन्ज, कम्पनी रजिष्ट्रारको कार्यालय, नेपाल बीमा प्राधिकरण र नेपाल धितोपत्र बोर्डलाई गराइसकेको छ ।


प्रतिक्रिया दिनुहोस्