७ श्रावण २०८३, बिहिबार

मनोहरा सुकुम्वासी बस्तीका घर भत्काउँदै (तस्वीरहरू)



प्रहरीको कडा सुरक्षा घेरामा काठमाडौं महानगरपालिकाको टोलीले मनोहरा खोला किनारका सुकुमवासी बस्तीका घरहरु भत्काइरहेको छ ।

त्यसक्रममा प्रहरीले कतिपय अशक्त र बिरामीहरुलाई सुरक्षित स्थानमा सारिरहेको छ । एक महिलालाई प्रहरीहरुले स्ट्रेचरमा राखेर सुरक्षित स्थानमा लगेको देखिएको छ।

अहिले डोजरको सहायताले घर टहरा भत्काको क्रम जारी छ । सुकुमवासी बस्ती वरपर बाक्लो संख्यामा सुरक्षाकर्मी खटाइएको छ । शनिबार काठमाडौं थापाथली र गैह्रीगाउँको सुकुमवासी बस्तीमा डोजर लगाएको महानगरपालिकाले आज मनोहराको सुकुमवासी बस्ती खाली गराइरहेको हो ।


प्रतिक्रिया दिनुहोस्