बिहिबार थप ३६३७ जनालाई कोरोना, ३२१५ जना निको भए, उपत्यकामा १५५२ संक्रमित « Arthapath.com
९ असार २०८२, सोमबार

बिहिबार थप ३६३७ जनालाई कोरोना, ३२१५ जना निको भए, उपत्यकामा १५५२ संक्रमित



काठमाडौं । बिहिबार नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ६ सय ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

देशभरिका विभिन्न प्रयोगशालामा गरिएको परिक्षणमा यति संख्यामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । यो संगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ४८ हजार ५०९ पुगेका छन ।

त्यस्तै पछिल्लो २४ घण्टमा कोरोना संक्रमणबाट २१ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ । यो संगै नेपालमा मृत्यु हुनेको संख्या ८ सय १२ जना पुगेका छन् ।

त्यस्तै पछिल्लो २४ घण्टामा ३२१५ जना कोरोना संक्रमणमुक्त भएका छन यो संगै नेपालमा कोरोन संक्रमणमुक्त हुनेको संख्या १ लाख २८२०जना रहेका छन । सक्रिय कोरोना संक्रमितको संख्या ४४ हजार ८ सय ७७ पुगेको डा गौतमले बताए ।


प्रतिक्रिया दिनुहोस्