प्रभु स्टक मार्केटको अध्यक्षमा रबिन्द्र ढकाल चयन - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

प्रभु स्टक मार्केटको अध्यक्षमा रबिन्द्र ढकाल चयन



काठमाडाैं । प्रभु स्टक मार्केट लिमिटेडको अध्यक्षमा रबिन्द्र ढकाल चयन भएका छन्। २०८३ वैशाख २५ गते बसेको सञ्चालक समितिको ६३औँ बैठकले उनलाई अध्यक्ष पदमा नियुक्त गर्ने निर्णय गरेको हो। ढकाल प्रभु बैंक लिमिटेडमा मुख्य प्रबन्धक (चिफ म्यानेजर) को रूपमा कार्यरत छन्।

नवनियुक्त अध्यक्ष ढकालको नेतृत्वमा प्रभु स्टक मार्केटले आफूलाई एक प्रतिस्पर्धी र सबल स्टक ब्रोकर संस्थाको रूपमा स्थापित गर्ने विश्वास लिइएको छ। पुँजी बजारमा संस्थाको उपस्थिति थप प्रभावकारी बनाउन उनको अनुभव फलदायी हुने अपेक्षा गरिएको छ।

प्रभु बैंक लिमिटेडले हाल नेपालभर रहेका ३०० शाखा कार्यालय, २६१ एटीएम र ६६ एक्सटेन्सन काउन्टरमार्फत करिब ३६ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आएको छ। ‘विश्वास लिन्छौं, विश्वास दिन्छौं’ भन्ने मूल नाराका साथ बैंकले गुणस्तरीय सेवा दिँदै आएको छ।


प्रतिक्रिया दिनुहोस्