बिहीबार २३६४ जनामा कोरोना, ३०३८ जना डिष्चार्ज भए, १७ जनाको ज्यान गयो

काठमाडौं । बिहीबार थप २ हजार ३ सय ६४ जनामा कोरोना देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ३ सय ६४ जनामा कोरोना देखिएको छ ।
त्यस्तै ३ हजार ३८ जनाले कोरोना जितेर डिष्चार्ज भएका छन । कोरोना संक्रमित भन्दा डिष्चार्ज हुने धेरै भएका छन । त्यस्तै कोरोनाले १७ जनाको ज्यान लिएको छ ।
हालसम्म नेपालका कोरोना संक्रमितको संख्या १ लाख ६४ हजार ७ सय १८ पुगेका छन । हालसम्म १ लाख २४ हजार ८ सय ६२ जना डिष्चार्ज भएका छन ।