बुधबार सुन तोलामा ३३०० र चाँदी १२५ रुपैयाँले घट्यो, यस्तो छ आजको बजार भाउ
नेपाली बजारमा बुधबार सुन र चाँदी दुवैको मूल्यमा गिरावट आएको छ। आज सुनको मूल्य प्रतितोला ३ हजार ३ सय रुपैयाँ र चाँदीको मूल्य तोलामा १ सय २५ रुपैयाँले सस्तिएको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज बजारमा छापावाल सुन प्रतितोला २ लाख ९२ हजार रुपैयाँमा खरिदबिक्री भइरहेको छ।
यसअघि मंगलबार सुनको मूल्य इतिहासकै उच्च विन्दु नजिक प्रतितोला २ लाख ९५ हजार ३ सय रुपैयाँ पुगेर कारोबार भएको थियो।
सुनसँगै चाँदीको भाउमा पनि उच्च गिरावट देखिएको छ। मंगलबार प्रतितोला ५ हजार ८५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार १ सय २५ रुपैयाँले घटेर ४ हजार ९ सय ६० रुपैयाँ कायम भएको छ।













