सुनको मूल्य तोलामा २८ सय रुपैयाँले घट्यो - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

सुनको मूल्य तोलामा २८ सय रुपैयाँले घट्यो



काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्यमा उच्च गिरावट आएको छ । आज सुनको मूल्य प्रतितोला २८ सय रुपैयाँले घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९० हजार ९०० रुपैयाँमा किनबेच भइरहेको छ ।

आज चाँदीको मूल्य तोलामा १०५ रुपैयाँले घटेको महासंघले जनाएको छ । आज चाँदी प्रतितोला ५ हजार १० रुपैयाँमा किनबेच भइरहेको महासंघले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्