प्रधानमन्त्री ओलीको प्रश्तावले नेकपामा भुइँचालो, फुट नजिक पुग्यो नेकपा « Arthapath.com
१७ कार्तिक २०७७, सोमबार

प्रधानमन्त्री ओलीको प्रश्तावले नेकपामा भुइँचालो, फुट नजिक पुग्यो नेकपा



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफुलाई काम गर्न नदिने भए आ–आफ्नो बाटो लाग्न आग्रह गरेपछि नेकपामा भुइँचालो सुरु भएको छ । २ सातापछि बालुवाटार पुगेर प्रधानमन्त्रीलाई भेटेका पार्टी अध्यक्ष प्रचण्डलाई ओलीले काम गर्न नदिने भए आफ्नो बाटो लाग्न आग्रह गरेपछि नेकपामा आइतबार दिनभर खैलाबैला मिच्चिएको थियो ।

बाटुवाटारमा प्रधानमन्त्रीको रुखो बोली सुनेर झस्केका प्रचण्डले खुमलटार भेलामा प्रधानमन्त्रीले पार्टी फुटाउन गरेको प्रश्तावबारे आफुनिकटस्थहरुलाई सुनाए । १ सातादेखी दुई अध्यक्ष मिलाउन लागिपरेका तल्लो तहका नेताहरुसमेत हार्थाक हुँदै नेकपा फुटनजिक पुगेको संकेत दिएका थिए ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आफुलाई सहयोग नगर्ने हो भने पार्टी फुटाएर जान प्रचण्डलाई सुझाव दिएका थिए । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही विरुद्ध ओलीपक्षका नेताहरुले अविश्वासको प्रश्ताव पेश गरेपछि सुरु भएको दुई अध्यक्षविचको विवाद पार्टी फुट्नेसम्मको अवस्थामा पुगेको छ ।

ओलीले मुख्यमन्त्रीनै हटाइदिने चेतावनीपछि मुख्यमन्त्री शाहिले आइबतार ओलीपक्षका मन्त्री हटाएर माधव नेपाल पक्षका मन्त्री नियुक्तीको तयारी अन्तिम अवस्थामा रोकेका थिए । हिजो हुने भनिएको कर्णाली प्रदेशको मन्त्रीमण्डल हेरफेर बालुवाटारको ठाडो आदेशमा रोकिएको थियो ।


प्रतिक्रिया दिनुहोस्