सप्तकोशी डेभलपमेन्ट बैंक मर्जरमा जाने « Arthapath.com
२५ जेष्ठ २०८३, सोमबार

सप्तकोशी डेभलपमेन्ट बैंक मर्जरमा जाने



काठमाडौं । सप्तकोशी डेभलपमेन्ट बैंक लिमिटेड अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जरमा जाने भएको छ । बैंक सञ्चालक समितिको जेठ २३ गते बसेको बैठकले उक्त निर्णय गरेको हो ।

मर्जर प्रस्ताव परित सहित बैंकले असार १४ गते १५औँ वार्षिक साधारण सभा बोलाएको छ । सभा मोरङको विराटनगरस्थित होटल रुविजमा बिहान ११ बजे बस्ने भएको छ ।

सभामा आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वित्तीय विवरण तथा नगद प्रवाह विवरण अनुमोदन गर्ने प्रस्ताव प्रस्तुत गरि पारित गर्ने, चालु आर्थिक वर्ष २०८२/८३ का लागि बाह्य लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि सभाले पारित गर्ने एजेन्डा रहेको छ ।

बैंकले असार २ गतेदेखि असार १४ गतेसम्म बुक क्लोज गर्ने भएको छ ।


प्रतिक्रिया दिनुहोस्