९०० रुपैयाँले घट्यो सुनको मूल्य, चाँदीको कति ?
काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ९०० रुपैयाँले घटेको हो ।
आइतबार प्रतितोला ३ लाख ८०० रुपैयाँमा कारोबार भएको सुन आज घटेर प्रतितोला २ लाख ९९ हजार ९०० रुपैयाँ कायम भएको छ ।
महासंघका अनुसार चाँदीको मूल्य बढेको छ । आज चाँदी प्रतितोला १० रुपैयाँले बढेको हो ।
आइतबार प्रतितोला ४ हजार ८९५ रुपैयाँमा कारोबार भएको चाँदी आज बढेर ४ हजार ९०५ रुपैयाँ कायम भएको छ ।















