विश्वकप लक्षित सीजीको ‘वर्ल्ड कप टु वर्ल्ड कप’ योजना: ३६ हजार रुपैयाँसम्म क्यासब्याक
काठमाडौं । नेपाली इलेक्ट्रोनिक्स ब्रान्ड सीजीले फुटबल विश्वकपको उत्साहलाई लक्षित गर्दै ‘वर्ल्ड कप टु वर्ल्ड कप’ योजना सार्वजनिक गरेको छ।
कम्पनीले ‘४ वर्षको खेल, ४ वर्षकै वारेन्टी’ नारासहित ल्याएको यस योजना अन्तर्गत टेलिभिजन खरिद गर्ने ग्राहकलाई विभिन्न आकर्षक सुविधा उपलब्ध गराउने जनाएको छ। कम्पनीका अनुसार विश्वकप हरेक चार वर्षमा आयोजना हुने भएकाले सोही अवधिलाई आधार बनाएर ग्राहकलाई चार वर्षसम्म निर्धक्क प्रयोग गर्न सकिने वारेन्टी सुविधा प्रदान गरिएको हो।
योजना अन्तर्गत ग्राहकले टेलिभिजन खरिद गर्दा अधिकतम ३६ हजार रुपैयाँसम्म नगद फिर्ता सुविधा प्राप्त गर्न सक्नेछन्। साथै, छनोट गरिएका मोडलमा दुई वर्षको पूर्ण वारेन्टी र थप दुई वर्षको सेवा वारेन्टी गरी कुल चार वर्षको वारेन्टी उपलब्ध हुनेछ। उक्त सुविधा प्राप्त गर्न ग्राहकले खरिदपछि कम्पनीको निःशुल्क टेलिफोन नम्बर १६६००१०२२११ मा सम्पर्क गरी वारेन्टी दर्ता गर्नुपर्नेछ।
त्यस्तै, एकमुष्ट रकम तिर्न कठिनाइ हुने ग्राहकका लागि नागरिकता मात्रका आधारमा सजिलो किस्ता सुविधाको व्यवस्था गरिएको कम्पनीले जनाएको छ।
यो योजना जेठ २१ गतेदेखि श्रावण ३ गतेसम्म देशभर लागू हुनेछ। सीजीका टेलिभिजन देशभर रहेका सीजी डिजिटल प्रदर्शनी कक्ष, आधिकारिक विक्रेता तथा कम्पनीका अनलाइन माध्यमबाट खरिद गर्न सकिनेछ।
कम्पनीका अनुसार देशभर सञ्चालनमा रहेका ४० भन्दा बढी सेवा केन्द्रमार्फत बिक्रीपछिको प्राविधिक सेवा पनि उपलब्ध गराइनेछ।
सीजीले यो योजनामार्फत नेपाली उपभोक्तालाई विश्वकपको रोमाञ्चक अनुभवसँगै गुणस्तरीय दृश्य तथा ध्वनि प्रविधिको सुविधा प्रदान गर्ने विश्वास व्यक्त गरेको छ।















