लगातार तीन दिन बढेको सुनको मूल्य आज तोलामा १२ सयले घट्यो, कतिमा हुँदैछ कारोबार?
काठमाडाैं । बुधबार नेपाली बजारमा सुनचाँदीकाे मूल्य बढेकाे छ। आज सुनकाे मूल्य ताेलामा १२ सय रुपैयाँले घटेकाे हाे ।
यस साता गत आइतबार सुनको भाउ तोलामा १२ सय रुपैयाँ। साेमबार तोलामा १ हजार २५ रूपैयाँ र हिजाे मंगलबार ताेलामा ३ सय रूपैयाँले बढेकाे थियाे ।
नेपाल सुनचाँदी महासंघका अनुसार आज सुनकाे भाउ प्रतिताेला २ लाख ९७ हजार ३ सय रूपैयाँ ताेकिएकाे छ। हिजाे सुनको भाउ तोलाको २ लाख ९८ हजार ५ सय रूपैयाँमा काराेबार भएकाे थियाे ।
त्यसैगरी आज चाँदीको भाउ पनि घटेको छ। चाँदीको भाउ आज तोलामा १० रुपैयाँ घटेर ४ हजार ९८० रुपैयाँ कायम भएको छ। हिजाे चाँदी प्रतिताेला ४ हजार ९९० रूपैयाँमा किनबेच भएकाे थियाे ।












