प्रभु महालक्ष्मी लाइफकाे १५ लाख १४ हजार बढी कित्ता शेयर बिक्री खुला « Arthapath.com
७ असार २०८३, आइतबार

प्रभु महालक्ष्मी लाइफकाे १५ लाख १४ हजार बढी कित्ता शेयर बिक्री खुला



काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्याेरेन्सले संस्थापक सेयरधनी स्वामित्वको १५ लाख १४ हजार बढी कित्ता शेयर बिक्री खुलाएकाे छ।

कम्पनीले बिक्रीमा राखेकाे संस्थापक समूहको १५ लाख १४ हजार ९०० कित्ता शेयरमा हाललाई कम्पनीका विद्यमान संस्थापक शेयरधनीहरुले मात्र बिक्रि खुलाएकाे हाे।

खरिदका लागि शेयरधनीहरुले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ। निवेदन काठमाडौंको कमलादीस्थित केन्द्रीय कार्यालयमा पेस गर्न सक्नेछन्।

तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरुबाट शेयर खरिदका लागि निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थाका लागि बिक्री खुला गरिने कम्पनीले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्