१४ सय रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
काठमाडौं । आज नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुनको मूल्य १४ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
आइतबार प्रतितोला २ लाख ८७ हजार ३०० रुपैयाँ रहेको सुन आज बढेर २ लाख ८८ हजार ७०० रुपैयाँ पुगेको छ ।
महासंघका अनुसार आज चाँदीको मूल्य पनि ४० रुपैयाँले बढेको छ । आज चाँदी प्रतितोला ४ हजार ७३० रुपैयाँमा कारोबार भइरहेको छ ।












