प्रभु बैंककाे १३ लाख ७२ हजार कित्ता बढी सेयर बिक्रिमा « Arthapath.com
९ असार २०८३, मंगलबार

प्रभु बैंककाे १३ लाख ७२ हजार कित्ता बढी सेयर बिक्रिमा



काठमाडौं । प्रभु बैंकले करिब पौने १४ लाख कित्ता संस्थापक सेयर बिक्री खुला गरेकाे छ।

बैंकले आफ्ना १३ जना संस्थापक सेयरधनीहरूकाे नाममा रहेकाे १३ लाख ७२ हजार ८७८ कित्ता शेयर बिक्रीमा ल्याएकाे हाे।

यो शेयरमा हाललाई बैंकका संस्थापक शेयरधनीहरुले मात्रै खरिदका लागि निवेदन दिन सक्नेछन्। निवेदन ३५ दिनभित्र दिनुपर्नेछ। इच्छुक संस्थापक शेयरधनीहरुले तोकिएको मितिभित्र काठमाडौंको बबरमहलस्थित बैंकको केन्द्रीय कार्यालयमा निवेदन पेस गर्न सक्नेछन्।

तोकिएको अवधिभित्र संस्थापक शेयरधनीहरुबाट शेयर खरिदका लागि निवेदन नपरेको खण्डमा अन्य व्यक्ति तथा संस्थालाई शेयर बिक्री खुला गरिने बैंकले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्