कुमारी बैंकले बिक्रीमा ल्यायो साढे ३९ हजार कित्ता संस्थापक शेयर « Arthapath.com
११ असार २०८३, बिहिबार

कुमारी बैंकले बिक्रीमा ल्यायो साढे ३९ हजार कित्ता संस्थापक शेयर



काठमाडौं । कुमारी बैंक लिमिटेडले करिव साढे ३९ कित्ता सेयर बिक्रिमा ल्याएकाे छ। बैंकले संस्थापक शेयरधनीको नाममा रहेको ३९ हजार ४१२ कित्ता संस्थापक शेयर बिक्रि खुला गरेकाे हाे ।

हाललाई यस सेयरमा संस्थापक शेयरधनीहरूले मात्र आवेदन दिन सक्नेछन् । उक्त शेयर खरिद गर्न चाहने इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवेदन दिनुपर्नेछ ।

शेयर खरिद गर्न चाहने बैंकका विद्यमान संस्थापक शेयरधनीले आगामी ३५ दिन भित्र काठमाडौंको नक्सालस्थित कुमारी क्यापिटल लिमिटेड (बैंकको शेयर रजिष्ट्रार) वा टंगालस्थित बैंकको प्रधान कार्यालयमा आवेदन दिनु पर्नेछ। शेयरको बिक्री मूल्य बिक्रेताले तोके बमोजिम हुने बैंकले जनाएको छ।

बैंकले तोकिएको समयभित्र विद्यमान संस्थापक शेयरधनीहरुबाट शेयर खरिदका लागि आवेदन नपरेमा सर्वसाधारणलाई शेयर बिक्री गरिने जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्