साताकाे अन्तिम काराेबार दिन पनि घटेरै बन्द भयाे सेयर बजार, ३ अर्ब ९४ कराेडकाे काराेबार « Arthapath.com
१२ असार २०८३, शुक्रबार

साताकाे अन्तिम काराेबार दिन पनि घटेरै बन्द भयाे सेयर बजार, ३ अर्ब ९४ कराेडकाे काराेबार



काठमाडाैं । साताकाे अन्तिम काराेबार दिन पनि सेयर बजार घटेरै बन्द भएकाे छ । याे साता ५ काराेबार दिन नै घटेकाे सेयर बजार २६ सय ४९ दशमलव ५१ बिन्दुमा राेकिएकाे छ। आज सेयर बजार मापक नेप्से परिसूचक २ अंकले घटेकाे हाे ।

आज हाेटल तथा पर्यटन, जलबिद्युत, निर्जीवन बीमा, म्युच्युअल फण्ड र व्यापार समुहका उपसूचक बाहेक सबै उपसूचक राताम्य बनेका छन् । घटेकाे बजारमा व्यापार समुहकाे उपसूचक भने १.०८ प्रतिशतले बढेकाे हाे ।

यस दिन नेप्से घटे पनि काराेबार रकममा भने झिनाे सुधार देखिएकाे छ। आज ३५९ कम्पनीकाे ७७ लाख २४ हजार २१३ कित्ता सेयर ३ अर्ब ९४ कराेड ४० लाख १६ हजार रूपैयाँमा काराेबार भएकाे छ।

२ अर्ब ८३ करोड ८२ लाख रुपैयाँ बराबरको ६४ लाख ८० हजार ५९९ कित्ता शेयर कारोबार भएको थियाे ।

आज ८५ वटा कम्पनीकाे सेयर मूल्य बढेकाे छ भने २० वटाकाे सेयर मूल्यमा कुनै घटबढ भएकाे छैन।यस्तै १७० कम्पनीकाे सेयर मूल्य घटेकाे छ।

यसदिन स्नाे रिभरकाे सेयर मूल्य १५ प्रतिशत, टक्सार पिखुवा खोला हाइड्रोपावर र याम्बालिङ्ग हाइड्रोपावरकाे सेयर मूल्य १४.९८ प्रतिशतले बढेकाे छ।


प्रतिक्रिया दिनुहोस्