साेमबार ताेलामा १४ सय रूपैयाँले सस्तियाे सुन, चाँदीमा पनि गिरावट « Arthapath.com
१५ असार २०८३, सोमबार

साेमबार ताेलामा १४ सय रूपैयाँले सस्तियाे सुन, चाँदीमा पनि गिरावट



काठमाडौं । नेपाली बजारमा लगातार दुई दिन बढेकाे सुनचाँदीकाे भाउ आज फेरि घटेकाे छ। हिजाे ताेलमा ४ हजार ७०० रुपैयाँले बढेको सुनकाे भाउ आज १४ सय रुपैयाँ सस्तिएकाे हाे ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुन २ लाख ८२ हजार ४ सय रुपैयाँ कायम भएको छ। हिजो सुन प्रतितोला २ लाख ८३ हजार ८ सय रुपैयाँमा किनबेच भएको थियो।

यस्तै आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदी तोलामा १५ रुपैयाँले घटेको हो । यससँगै आज चाँदी ४ हजार ३१० रुपैयाँ कायम भएको छ। हिजो चाँदी ४ हजार ३२५ रुपैयाँमा कारोबार भएको थियो।


प्रतिक्रिया दिनुहोस्