हिमालयन लाइफ इन्स्योरेन्सको स्वतन्त्र विज्ञ सञ्चालकमा थानेश्वर गौतम नियुक्त « Arthapath.com
१५ असार २०८३, सोमबार

हिमालयन लाइफ इन्स्योरेन्सको स्वतन्त्र विज्ञ सञ्चालकमा थानेश्वर गौतम नियुक्त



काठमाडौँ । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडको स्वतन्त्र विज्ञ सञ्चालकमा थानेश्वर गौतम नियुक्त भएका छन्। कम्पनी सञ्चालक समितिको हालै बसेको बैठकले गौतमलाई सो पदमा नियुक्त गर्ने निर्णय गरेको हो।

कम्पनीका अनुसार नवनियुक्त सञ्चालक गौतमको कार्यकाल यही असार १२ गतेदेखि नै लागू भइसकेको छ। काठमाडौँ महानगरपालिका वडा नम्बर ३१ निवासी गौतमसँग सम्बन्धित क्षेत्रको राम्रो अनुभव रहेको बताइएको छ।

विज्ञ सञ्चालकको रूपमा गौतमको आगमनले कम्पनीको संस्थागत सुशासन र व्यावसायिक रणनीतिलाई थप मजबुत बनाउने विश्वास हिमालयन लाइफ इन्स्योरेन्सले लिएको छ।


प्रतिक्रिया दिनुहोस्