एकैदिन तोलामा ४,५०० रुपैयाँले घट्यो सुनको भाउ, चाँदी पनि सस्तियाे
काठमाडौं । नेपाली बजारमा मंगलबार पनि सुनकाे मूल्य घटेकाे छ। हिजाे ताेलामा १४ सय रुपैयाँ घटेकाे सुनकाे भाउ
आज एकैदिन ४ हजार ५०० रूपैयाँले घटेकाे हाे ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज प्रतितोला सुन २ लाख ७७ हजार ९ सय रुपैयाँ कायम भएको छ। हिजो सुन प्रतितोला २ लाख ८२ हजार ४ सय रुपैयाँमा किनबेच भएको थियो।
यस्तै आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदी तोलामा २५ रुपैयाँले घटेको हो । यससँगै आज चाँदी ४ हजार २८५ रुपैयाँ कायम भएको छ। हिजो चाँदी ताेलामा १५ रूपैयाँले घटेर ४ हजार ३१० रुपैयाँमा कारोबार भएको थियो।













