बढ्यो सुनको मूल्य, तोलामा कति ?
काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। अघिल्लो कारोबार दिनको तुलनामा छापावाल सुनको मूल्य प्रतितोला ८०० रुपैयाँले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ८४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो कारोबार दिन सुन प्रतितोला २ लाख ८४ हजार रुपैयाँमा कारोबार भएको थियो।
यस्तै, चाँदीको मूल्य पनि बढेको छ। आज चाँदी प्रतितोला ५५ रुपैयाँले बढेर ४ हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो कारोबार दिन चाँदी प्रतितोला ४ हजार ३६० रुपैयाँमा कारोबार भएको थियो।













