ह्वात्तै घट्यो सुनचाँदीको मूल्य, प्रतितोला कतिमा हुँदैछ कारोबार ?
काठमाडौं। नेपाली बजारमा शुक्रबार सुनचाँदीको मूल्यमा भारी गिरावट आएको छ। बिहीबारको तुलनामा छापावाल सुनको मूल्य प्रतितोला ५ हजार ८ सय रुपैयाँले ओरालो लागेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८५ हजार ५ सय रुपैयाँ तोकिएको छ। बिहीबार भने सुन प्रतितोला २ लाख ९१ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो।
यता, चाँदीको मूल्यमा पनि गिरावट आएको छ। बिहीबार प्रतितोला ४ हजार ५०५ रुपैयाँ रहेको चाँदीको मूल्य शुक्रबार १५५ रुपैयाँले घटेर ४ हजार ३५० रुपैयाँ कायम भएको महासंघले जनाएको छ।
अन्तर्राष्ट्रिय बजारमा आएको मूल्य दबाबसँगै स्थानीय बजारमा पनि बहुमूल्य धातुको भाउ घटेको हो।













