१० श्रावण २०८३, आइतबार

सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?



काठमाडौं। नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ। सुनको मूल्य आज तोलामा १ हजार ६ सय रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नयाँ दरअनुसार छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८७ हजार १ सय रुपैयाँ निर्धारण गरिएको छ। शुक्रबार सुन प्रतितोला २ लाख ८५ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो। शुक्रबार भने सुनको मूल्य एकैदिन ५ हजार ८ सय रुपैयाँले घटेको थियो।

सुनसँगै आज चाँदीको मूल्यमा पनि वृद्धि भएको छ। महासंघका अनुसार आइतबार चाँदी प्रतितोला ४ हजार ४ सय १० रुपैयाँमा कारोबार भइरहेको छ। शुक्रबारको तुलनामा चाँदीको मूल्य प्रतितोला ६० रुपैयाँले बढेको हो। शुक्रबार चाँदीको मूल्य प्रतितोला ४ हजार ३ सय ५० रुपैयाँ रहेको थियो।


प्रतिक्रिया दिनुहोस्