कुमारी बैंकको लाभांश परिमार्जन, यस्तो छ परिमार्जित लाभांश « Arthapath.com
२३ कार्तिक २०७७, आईतवार

कुमारी बैंकको लाभांश परिमार्जन, यस्तो छ परिमार्जित लाभांश



काठमाडौं । कुमारी बैंकको लाभांश परिमार्जन भएको छ । बैंकले आर्थिक वर्ष २०७६÷०७७ मुनाफाबाट चुक्ता पुँजीको १० दशमलव ८५ प्रतिशत बोनस शेयर र ३ दशमलव १५ प्रतिशत नगद लाभांश गरी कुल १४ प्रतिशत लाभांश वितरण गर्नेछ । यस अघि बैंकले १० प्रतिशत बोनस शेयर र कर सहित ४ प्रतिशत नगद लाभांश गरी शेयरधनीलाई कुल १४ प्रतिशत लाभांश दिने घोषणा गरेको थियो ।

उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र बैंकको आगामी वार्षिक साधारण सभाले पारित गरेपछि लगानीकर्ताले पाउनेछन् ।


प्रतिक्रिया दिनुहोस्