१५ श्रावण २०८३, शुक्रबार

सुनचाँदीको मूल्य बढ्यो, कतिमा हुँदैछ आजको कारोबार ?



काठमाडौं । सुनको मूल्य आजपनि बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ हजार रुपैँयाले बढेको हो। योसँगै छापावाल सुनको मूल्य प्रतितोला २ लाख ८५ हजार रुपैयाँ पुगेको छ। बिहीबार छापावाल सुन प्रतितोला २ लाख ८४ हजार रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, शुक्रबार चाँदीको मूल्यमा पनि वृद्धि देखिएको छ। चाँदी प्रतितोला ५० रुपैयाँले बढेर ४ हजार ३६० रुपैयाँ पुगेको छ। बिहीबार चाँदी प्रतितोला ४ हजार ३१० रुपैयाँमा कारोबार भएको थियो।