२ लाख ३५ हजार ७४९ जना नेपालीमा कोरोना, अन्य तथ्याङ्क यस्तो छ - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

२ लाख ३५ हजार ७४९ जना नेपालीमा कोरोना, अन्य तथ्याङ्क यस्तो छ



काठमाडौं । विश्वभरि २ लाख ३५ हजार ७४९ जना नेपाली कोरोना संक्रमित भएका छन् । विदेशमा ४४ हजा ११३ जना नेपाली कोरोना भाइरसको संक्रमणमा परेका छन् भने नेपालमा मात्र १ लाख ९१ हजार ६ सय ३६ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् ।

कोरोना भाइरसको विश्वव्यापी दोस्रो छाल सुरु भएयता थप दुई देशका नेपालीमा संक्रमण देखिएको छ । गैरआवासीय नेपाली संघका अनुसार यो साता अष्ट्रिया र चेक रिपव्लिकमा रहेका नेपालीमा संक्रमण देखिएको हो । संघका अनुसार विश्वभर ४४ देशमा रहेका नेपालीमा कोराना संक्रमण देखिएको छ ।

गैरआवासीय नेपाली संघको स्वास्थ्य समितिका अनुसार यो साता विदेशमा रहेका थप १ हजार १ सय ६३ जना नेपालीलाई कोरोनामुक्त भएका छन् भने थप ५ सय ४४ जनामा संक्रमण देखिएको छ ।

समितिका संयोजक डा. सञ्जीव सापकोटाका अनुसार विदेशमा ४४ हजा ११३ जना नेपाली कोरोना भाइरसको संक्रमणमा परेका छन् । ती मध्ये ४० हजार ७ सय २८ जना अर्थात् ९२ प्रतिशत नेपाली कोरोना मुक्त भएका छन् । यो साता स्पेन, नेदरल्याण्ड, चेक रिपव्लिक, डेनमार्क, अष्ट्रिया रहेका नेपालीमा थप कोरोना भाइरसको संक्रमण देखिएको छ ।

गैरआवासीय नेपाली संघका अनुसार यो साता साउदी अरबमा थप १ जना नेपालीको कोरोना भाइरसका कारण ज्यान गुमाउनु परेको छ । संघका अनुसार विदेशमा १८ देशमा २ सय ८५ जना नेपालीले कोरोना संक्रमणका कारण ज्यान गुमाइसकेका छन् ।

यो साता नेपालमा मात्र १ लाख ९१ हजार ६ सय ३६ जना कोरोना भाइरसबाट संक्रमित भएका छन् भने ती मध्ये १ लाख ५५ हजार १ सय १४ जना संक्रमणमुक्त भएका छन् । नेपालमा कोरोना संक्रमणमुक्त हुनेहरुको संख्या ८१ प्रतिशत रहेको छ ।

हिजो शनिवार साँझसम्म नेपालमा १ हजार ८७ जनाको कोरोना संक्रमणका कारण ज्यान गइसकेको छ ।


प्रतिक्रिया दिनुहोस्