१८ श्रावण २०८३, सोमबार

सुनचाँदीको मुल्य बढ्यो, प्रतितोला कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले वृद्धि भएको हो।

आइतबार प्रतितोला २ लाख ८३ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य सोमबार बढेर २ लाख ८४ हजार रुपैयाँ पुगेको महासंघले जनाएको छ।

यस्तै, चाँदीको मूल्य पनि उकालो लागेको छ। आइतबार प्रतितोला ४ हजार ३१५ रुपैयाँ रहेको चाँदीको मूल्य सोमबार ३५ रुपैयाँले बढेर ४ हजार ३५० रुपैयाँ कायम भएको छ।