२१ श्रावण २०८३, बिहिबार

ज्योति विकास बैंकको खुद नाफामा ९०५ प्रतिशतको छलाङ, एक वर्षमा उठायाे २ अर्ब ३४ करोड ब्याज



काठमाडाैं । ज्योति विकास बैंक लिमिटेडले गत आर्थिक वर्ष २०८२/८३ मा खुद नाफा तथा मुख्य वित्तीय सूचकहरूमा उल्लेख्य प्रगति हासिल गरेको छ।

बैंकले सार्वजनिक गरेकाे गत आर्थिक वर्ष २०८२/८३ काे चौथो त्रैमासिक (असार मसान्त) सम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार एक वर्षमा बैंकले १ अर्ब ५९ लाख ५२ हजार रूपैयाँ खुद नाफा कमाएकाे छ।

अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा बैंकको खुद नाफा ९०५.७५ प्रतिशतले बढेकाेहाे । अघिल्लो आर्थिक वर्ष बैंकले १२ करोड २० हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

बैंकको खुद ब्याज आम्दानीमा पनि राम्रो सुधार आएको छ। असार मसान्तसम्म बैंककाे खुद ब्याज आम्दानी ११.७७ प्रतिशतले बढेर
२ अर्ब ३४ करोड १९ लाख ७० हजार रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकको खुद ब्याज आम्दानी २ अर्ब ९ करोड ५३ लाख १३ हजार रुपैयाँ रहेको थियो।

समीक्षा अवधिमा बैंकको वितरणयोग्य मुनाफामा पनि उल्लेख्य सुधार आएको छ। असार मसान्तसम्ममा बैंकको यस्तो मुनाफा १४ करोड ४३ लाख ६४ हजार रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा भने बैंकको वितरणयोग्य मुनाफा ९९ करोड ९४ लाख रुपैयाँले ऋणात्मक रहेको थियो।

समिक्षा अवधिमा बैंककाे कुल सञ्चालन आम्दानी १३.८८ प्रतिशत बढेर २ अर्ब ८१ कराेड ३५ लाख ६६ हजार रूपैयाँ पुगेकाे छ। अघिल्लाे आर्थिक वर्षमा बैंककाे यस्ताे आम्दानी २ अर्ब ४७ करोड ६ लाख ४४ हजार रूपैयाँ रहेकाे थियाे ।

समीक्षा अवधिमा बैंकको सञ्चालन मुनाफामा उल्लेख्य सुधार आएको छ। असार मसान्तसम्ममा बैंकको यस्तो मुनाफा ३६०.१४ प्रतिशतले बढेर १ अर्ब ७९ करोड ३७ लाख ५० हजार रुपैयाँ पुगेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा बैंकको यस्तो मुनाफा ३८ करोड ९८ लाख २१ हजार रुपैयाँ मात्र रहेको थियो।

यता अघिल्लो आवमा ७.७५ प्रतिशत रहेको बैंकको निष्कृय कर्जा भने घटेर ६.५५ प्रतिशतमा सीमित बनेको छ । यस अवधिमा बैंकको प्रतिसेयर आम्दानी २.२८ रुपैयाँबाट बढेर २२.८८ रुपैयाँ पुगेको छ भने प्रतिसेयर नेटवर्थ १७०.९७ रुपैयाँ र पीई रेसियो १४.८२ गुणा छ ।