२२ श्रावण २०८३, शुक्रबार

सुनचाँदीको मूल्य आज पनि बढ्यो, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं। नेपाली बजारमा शुक्रबार पनि सुनचाँदीको मूल्य बढेको छ। आज छापावाल सुनको भाउ आज प्रतितोला ९ सय रुपैयाँले वृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको हो।

महासंघका अनुसार बिहीबार प्रतितोला २ लाख ९६ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य शुक्रबार बढेर २ लाख ९६ हजार ९ सय रुपैयाँ पुगेको हो। बिहीबार भने एकैदिन सुनचाँदीको मूल्य ८ हजार रुपैँयाले बढेको थियो।

त्यस्तै, चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले बढेको छ। बिहीबार ४ हजार ५ सय ७० रुपैयाँ रहेको चाँदीको भाउ शुक्रबार ४ हजार ५ सय ८० रुपैयाँ पुगेको महासंघले जनाएको छ।