एभरेष्ट बैंकको नाफामा ५१.५४ प्रतिशतले गिरावट, अन्य सूचक यस्ता छन् ? « Arthapath.com
१० असार २०८२, मंगलबार

एभरेष्ट बैंकको नाफामा ५१.५४ प्रतिशतले गिरावट, अन्य सूचक यस्ता छन् ?



काठमाडौं । एभरेष्ट बैंकले चालु आर्थिक वर्षको पहिलो त्रैमासको बित्तस्य विवरण सार्वजनिक गरेको छ । बैंकले चालु आर्थिक बर्षको पहिलो त्रैमासमा ३३ करोड ४७ लाख ६४ हजार रुपैयाँ खुद नाफा आम्दानी भएको छ । गत आवको तुलनामा ५१.५४ प्रतिशतले नाफामा कमी आएको हो । बैंकले सोही अवधीमा ६९ करोड ८ लाख ६८ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।

बैंकले चालु आवको तीन महिनामा आर्जन गरेको कूल आर्जन गरेको ५ अर्ब ६४ करोड ८२ लाख रेभेन्यूमध्ये बाग्मति प्रदेशमा मात्रै ४ अर्ब ४५ करोड ९२ लाख अर्थात ७८.९५ प्रतिशत रहेको छ ।

बैंकको कर्जा लगानी ३.३१ प्रतिशतले बृद्धि भएको छ । असोज मसान्तसम्ममा १ खर्ब १५ अर्ब ९२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । यसबाट बैंकले १ अर्ब २ करोड ३२ लाख रुपैयाँ खुद ब्याज आम्दानी आर्जन गरेको छ ।

त्यस्तै खुद ब्याज पनि घटेको हो । गत आवको तुलनामा बैंकको खुद ब्याज आम्दानी २८.५७ प्रतिशत अर्थात ४० करोड ९२ लाख २१ हजार रुपैयाँले गिरावट आएको हो ।

त्यस्तै, गत आवको त्रैमासमा ३० करोड ८४ लाख रुपैयाँ वितरणयोग्य नाफा रहेकोमा यस बर्षको त्रैमासमा १३ करोड ५९ लाख ७७ हजार रुपैयाँ रहेको छ ।

त्यस्तै बैंकको यस अवधिमा निक्षेप सङ्कलन ९ प्रतिशतले बढेर १ खर्ब ५६ अर्ब ५४ करोड रुपैयाँ, चुक्ता पूँजी ८ अर्ब ५१ करोड २ लाख ७ हजार रुपैयाँ रहेको छ । बैंकको सेयर आम्दानी ३४.०९ रुपैयाँबाट १८.२८ रुपैयाँले घटेर १५.८१ रुपैयाँमा पुगेको छ । बैंकको जगेडा कोषको आकार गत असोज मसान्तको तुलनामा सामान्य घटेर ८ अर्ब ७ करोड ९१ लाख रुपैयाँ रहेको छ ।


प्रतिक्रिया दिनुहोस्