नारायणी डेभलपमेन्ट बैंक ५ करोड घाटामा, कस्ता छन् अन्य सूचक ?
काठमाडौं । नारायणी डेभलपमेन्ट बैंकको घाटा बढ्दै गएको छ। गत आर्थिक वर्ष २०८२/८३ वर्षमा पनि बैंक ५ करोड ३७ लाख ९६ हजार रुपैयाँ घाटामा गएको छ। अघिल्लो आर्थिक वर्ष २०८१/८२ को सोही अवधिमा बैंकले ३ करोड ८३ लाख घाटा व्यहोरेको थियो।
समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी २७ लाख ९९ हजार रुपैयाँले ऋणात्मक रहेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा भने बैंकको खुद ब्याज आम्दानी ६ लाख ४९ हजार रुपैयाँ धनात्मक थियो।
बैंकको वितरणयोग्य नाफा पनि ५ करोड ३७ लाख रुपैयाँ ऋणात्मक रहेको छ। समीक्षा अवधिमा बैंकको इम्पेयरमेन्ट चार्ज ४६ लाख ८७ हजार रुपैयाँले रिभर्सल भएको छ।
बैंकको खराब कर्जा अनुपातमा भने केही सुधार देखिएको छ। चौथो त्रैमाससम्म खराब कर्जा कुल कर्जाको ४८.४९ प्रतिशतमा झरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिमा यस्तो अनुपात ५०.९७ प्रतिशत थियो।
बैंकका अनुसार समीक्षा अवधिमा खराब कर्जा अपेक्षित रूपमा घट्न नसके पनि क्रमिक रूपमा घट्दै गएको छ।
यस्तै, बैंकको रिटेन्ड अर्निङ ५२ करोड २३ लाख रुपैयाँले ऋणात्मक रहेको छ। रिजर्भको आकार पनि अघिल्लो अवधिको २२ करोड १२ लाख रुपैयाँबाट घटेर १२ करोड १२ लाख रुपैयाँमा सीमित भएको छ।
बैंकको प्रतिसेयर आम्दानी ११.८७ रुपैयाँ ऋणात्मक छ। प्रतिसेयर नेटवर्थ ३४.१३ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य २२१.०५ रुपैयाँ र मूल्य आम्दानी अनुपात ६९.१९ गुणा ऋणात्मक रहेको छ। बैंकको तरलता अनुपात भने ८०.५३ प्रतिशत कायम भएको छ।













