२९ श्रावण २०८३, शुक्रबार

दाबी भुक्तानी घटाएको युनाइटेड अजोडको व्यापार विस्तारमा जोडः बीमा कोष ३ अर्ब ५९ करोड नाघ्यो

काठमाडौं । गत आर्थिक वर्षमा युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको खुद नाफामा भारी गिरावट आएको छ।

कम्पनीले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ६४.५५ प्रतिशतले घटेको हो।

अघिल्लो वर्षको असार मसान्तसम्म १७ करोड ८० लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीको नाफा समीक्षा अवधिमा घटेर ६ करोड ३० लाख रुपैयाँमा सीमित भएको छ।

खुद नाफामा उच्च गिरावट देखिए पनि कम्पनीको खुद बीमा शुल्क आर्जन भने ७.९० प्रतिशतले बढेर १ अर्ब ३३ करोड ७६ लाख रुपैयाँ पुगेको छ। यद्यपि, लगानीबाट हुने आम्दानी ४२.१० प्रतिशतले घटेर ११ करोड ८६ लाख रुपैयाँमा सीमित हुँदा कम्पनीको कुल आम्दानी पनि ९ प्रतिशतले घटेर १ अर्ब ८० करोड ५२ लाख रुपैयाँ कायम भएको छ।

समीक्षा अवधिमा कम्पनीको कुल दाबी भुक्तानी ६.६१ प्रतिशतले घटेर १ अर्ब ८२ करोड ७१ लाख रुपैयाँमा सीमित भएको छ। दाबी भुक्तानी घटे पनि कम्पनीको कुल खर्च भने ४.९४ प्रतिशतले बढेर १ अर्ब ७१ करोड ५० लाख रुपैयाँ पुगेको छ।

हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब ३१ करोड रुपैयाँ रहेको छ। यस अवधिमा कम्पनीको बीमा कोष १३.८३ प्रतिशतले वृद्धि भई ३ अर्ब ५९ करोड ६ लाख रुपैयाँ पुगेको छ। त्यसैगरी, कम्पनीको सञ्चित मुनाफा पनि २३.९० प्रतिशतले बढेर १४ करोड ३९ लाख रुपैयाँ पुगेको छ भने महाविपत्ति जगेडा ६.७८ प्रतिशतले बढेर ४ करोड ९७ लाख रुपैयाँ कायम भएको छ।

नाफा घटेसँगै कम्पनीको प्रतिसेयर आम्दानी (इपीएस) मा भारी गिरावट आएको छ। अघिल्लो वर्ष ७.७१ रुपैयाँ रहेको इपीएस समीक्षा अवधिमा घटेर २.७३ रुपैयाँमा झरेको छ। यस्तै, कम्पनीको प्रतिसेयर नेटवर्थ १८८.०१ रुपैयाँ रहेको छ भने यस अवधिमा कम्पनीले कुल ४ लाख १९ हजार ५२६ वटा बीमालेख जारी गरेको छ।काठमाडौं । गत आर्थिक वर्षमा युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको खुद नाफामा भारी गिरावट आएको छ।

कम्पनीले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ६४.५५ प्रतिशतले घटेको हो।

अघिल्लो वर्षको असार मसान्तसम्म १७ करोड ८० लाख रुपैयाँ खुद नाफा कमाएको कम्पनीको नाफा समीक्षा अवधिमा घटेर ६ करोड ३० लाख रुपैयाँमा सीमित भएको छ।

खुद नाफामा उच्च गिरावट देखिए पनि कम्पनीको खुद बीमा शुल्क आर्जन भने ७.९० प्रतिशतले बढेर १ अर्ब ३३ करोड ७६ लाख रुपैयाँ पुगेको छ। यद्यपि, लगानीबाट हुने आम्दानी ४२.१० प्रतिशतले घटेर ११ करोड ८६ लाख रुपैयाँमा सीमित हुँदा कम्पनीको कुल आम्दानी पनि ९ प्रतिशतले घटेर १ अर्ब ८० करोड ५२ लाख रुपैयाँ कायम भएको छ।

समीक्षा अवधिमा कम्पनीको कुल दाबी भुक्तानी ६.६१ प्रतिशतले घटेर १ अर्ब ८२ करोड ७१ लाख रुपैयाँमा सीमित भएको छ। दाबी भुक्तानी घटे पनि कम्पनीको कुल खर्च भने ४.९४ प्रतिशतले बढेर १ अर्ब ७१ करोड ५० लाख रुपैयाँ पुगेको छ।

हाल कम्पनीको चुक्ता पुँजी २ अर्ब ३१ करोड रुपैयाँ रहेको छ। यस अवधिमा कम्पनीको बीमा कोष १३.८३ प्रतिशतले वृद्धि भई ३ अर्ब ५९ करोड ६ लाख रुपैयाँ पुगेको छ। त्यसैगरी, कम्पनीको सञ्चित मुनाफा पनि २३.९० प्रतिशतले बढेर १४ करोड ३९ लाख रुपैयाँ पुगेको छ भने महाविपत्ति जगेडा ६.७८ प्रतिशतले बढेर ४ करोड ९७ लाख रुपैयाँ कायम भएको छ।

नाफा घटेसँगै कम्पनीको प्रतिसेयर आम्दानी (इपीएस) मा भारी गिरावट आएको छ। अघिल्लो वर्ष ७.७१ रुपैयाँ रहेको इपीएस समीक्षा अवधिमा घटेर २.७३ रुपैयाँमा झरेको छ। यस्तै, कम्पनीको प्रतिसेयर नेटवर्थ १८८.०१ रुपैयाँ रहेको छ भने यस अवधिमा कम्पनीले कुल ४ लाख १९ हजार ५२६ वटा बीमालेख जारी गरेको छ।