नेपाल लाइफको सीईओमा प्रवीण रमण पराजुली पुनः नियुक्त
काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)को जिम्मेवारीमा प्रवीण रमण पराजुली पुन: नियुक्त भएका छन्।
कम्पनीको सञ्चालक समितिको बैठकले पराजुलीलाई पुन: प्रमुख कार्यकारी अधिकृत नियुक्त गर्ने निर्णय गरेको हो। नियुक्तिसँगै उनले साउन २९ गतेदेखि सीईओका रूपमा औपचारिक रूपमा कार्यभार सम्हालेका छन्।
पराजुली यसअघि पनि नेपाल लाइफ इन्स्योरेन्सको नेतृत्वमा रहिसकेका छन्।














