२५७१ जना कोरोना संक्रमित थपिए, १८ जनाको मृत्यु, १७९८ जना संक्रमणमुक्त

काठमाडौं । पछिल्लो २४ घण्टामा थप १ हजार ७ सय ९८ जना कोरोना संक्रमित संक्रमणमुक्त भएका छन् । यो सँगै नेपालमा १ लाख ५९ हजार ७ सय २४ जना संक्रमित उपचारपछि निको भएका छन् । मन्त्रालयको अनुसार संक्रमणमुक्त हुनेको संखया ८१ प्रतिशत रहेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा देशभर २ हजार ५ सय ७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । नेपालमा कोरोना संक्रमितको कुल संख्या १ लाख ९७ हजार २४ पुगेको छ ।
त्यस्तै आज देशभर ३६ हजार १७४ जना सक्रिय संक्रमित छन् । पछिल्लो २४ घन्टामा १८ जना संक्रमितको मृत्यु भएको छ । योसँगै मृत्यु हुने संक्रमितको संख्या ११२६ पुगेको छ । पछिल्लो २४ घण्टामा ११ हजार १७७ जनाको पिसिआर परीक्षण भएको छ । यो सँगै १५ लाख ५१ हजार २ सय ५४ जनाको पिसिआर भएको मन्त्रालयले जनाएको छ।