२ भदौ २०८३, मंगलबार

मुक्तिनाथ विकास बैंकका ग्राहकलाई बरपिपल रिसोर्टमा २० प्रतिशतसम्म छुट



काठमाडौं । मुक्तिनाथ विकास बैंक लिमिटेडका ग्राहकले पोखरास्थित बरपिपल रिसोर्टमा विभिन्न सेवा तथा सुविधामा २० प्रतिशतसम्म छुट पाउने भएका छन्। बैंकले ग्राहकलाई थप सेवा तथा सुविधा उपलब्ध गराउने उद्देश्यले बरपिपल रिसोर्ट पोखरासँग व्यावसायिक सम्झौता गरेको हो।

सम्झौताअनुसार बैंकका ग्राहकले रिसोर्टमा खाना, आवास तथा स्पा सेवामा १० देखि २० प्रतिशतसम्म विशेष छुट पाउनेछन्। यस्तै, ६ जनाभन्दा बढीको समूहमा बुकिङ गर्दा एक जनाका लागि आवास सुविधासहित ब्रेकफास्ट र लन्च/डिनर निःशुल्क उपलब्ध गराइने बैंकले जनाएको छ।

छुट तथा सुविधा लिन बैंकका ग्राहकले बैंकको मान्य डेबिट कार्ड वा प्रिभिलेज कार्ड प्रस्तुत गर्नुपर्नेछ। वैकल्पिक रूपमा मुक्तिनाथ विकास बैंकको मोबाइल बैंकिङमार्फत भुक्तानी गर्नुपर्नेछ।

यसैबीच, बैंकले आधारदरमा शून्य प्रतिशत प्रिमियममा लगानी गर्न सकिने ‘ऋण योजना’ समेत सञ्चालनमा ल्याएको जनाएको छ। बैंकका प्रमुख सूचना अधिकारी तिलबहादुर गुरुङका अनुसार ग्राहकलाई बैंकिङ सेवासँगै विभिन्न व्यावसायिक तथा जीवनशैलीसम्बन्धी सुविधा उपलब्ध गराउने उद्देश्यले यस्ता सम्झौता अघि बढाइएको हो।