९ भदौ २०८३, मंगलबार

नाडा अटो शोमा टाटाले ल्यायो विशेष अफर : टियागो, नेक्सन र पञ्च ईभीको मूल्यमा भारी छुट



काठमाडौं। काठमाडौंमा जारी नाडा अटो शोमा टाटा मोटर्सका विद्युतीय कारहरूमा विशेष मूल्य घोषणा गरिएको छ। नाडा अटो शोको अवसरमा टाटाले आफ्ना विभिन्न मोडेलमा भारी छुट प्रदान गरेको हो।

टाटा पञ्च ईभीको मूल्य ३२.९९ लाख

नाडा अफरअन्तर्गत टाटा पञ्च ईभीको मूल्य ३३.९९ लाख रुपैयाँबाट घटाएर ३२.९९ लाख रुपैयाँ कायम गरिएको छ। यसमा १ लाखको छुट टाटाले प्रदान गरेको हो । नयाँ पन्च ईभी ३२ किलोवाट घण्टा र ४० किलोवाट घण्टाका दुई ब्याट्री विकल्पमा उपलब्ध छ। कम्पनीका अनुसार एकपटक पूर्ण चार्जमा ३०० देखि ३२५ किलोमिटरसम्म रेन्ज दिन्छ।

यसमा १९५ मिलिमिटर ग्राउन्ड क्लियरेन्स, बीएनसीएपी ५–स्टार सुरक्षा रेटिङ, ६ एयरब्याग, ३६० डिग्री क्यामेरा, डीसी फास्ट चार्जिङ, भ्वाइस–एक्टिभेटेड सनरुफ, हर्मन इन्फोटेनमेन्ट तथा डिजिटल ककपिट, भेन्टिलेटेड सिट र ३६६ लिटर बुट स्पेसलगायतका सुविधा छन्।

टियागो ईभीको मूल्य २७.९९ लाख

त्यस्तै, टियागो ईभीको मूल्य २८.९९ लाखबाट घटाएर २७.९९ लाख रुपैयाँ तोकिएको छ अटो शोमा सार्वजनिक गरिएको यी विशेष मूल्यले टाटाका विद्युतीय सवारीसाधनप्रति ग्राहकको आकर्षण थप बढाउने अपेक्षा गरिएको छ।

नयाँ टियागो ईभीमा २४ किलोवाट आवर क्षमताको शक्तिशाली लिथियम आयन ब्याट्री प्याक जडान गरिएको छ। यसमा प्रयोग गरिएको ५५ किलोवाट क्षमताको विद्युतीय मोटरले ११४ एनएम बराबरको टर्क उत्पन्न गर्ने क्षमता राख्छ।

नेपाली सडकका उकालो तथा भिरालो मार्गहरू र सहरी ट्राफिकका लागि यो पावरट्रेन निकै उपयुक्त र प्रभावकारी हुने अटोमोबाइल विज्ञहरूको भनाइ छ। यसअघि पनि नेपाली सडकमा बाक्लो रूपमा गुडिरहेको टियागोको यो नयाँ संस्करणले कार्यक्षमतामा थप परिपक्वता देखाउनेछ।

नेक्सन ईभी क्रियटिभको मूल्य ४२.४९ लाख

यस्तै नेक्सन ईभी क्रियटिभको संशोधित मूल्य ४२.४९ लाख रुपैयाँ घोषणा गरिएको छ। कम्पनीले नयाँ नेक्सन ईभीको सुरुवाती मूल्य ४३ लाख ९९ हजार रुपैयाँ तोकेको थियो तर नाडा अटो शोको विशेष अफर अन्तर्गत १ लाख रुपैयाँ छुट प्रदान गरिएकाले ग्राहकले यसलाई ४२ लाख ४९ हजार रुपैयाँमै खरिद गर्न सक्नेछन्।

नयाँ नेक्सनमा ४५ किलोवाट आवर क्षमताको अत्याधुनिक ‘प्रिज्म्याटिक ब्याट्री’ प्रयोग गरिएको छ। यस ब्याट्रीले एक पटकको फुल चार्जमा ३७५ किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ। गाडीमा ९८ किलोवाट आवरको शक्तिशाली मोटर जडान गरिएको छ, जसले उत्कृष्ट पर्फर्मेन्स दिनेछ।

नेक्सन रिलोडेडलाई ७.२ किलोवाटको एसी चार्जर र ६० किलोवाटसम्मको फास्ट डिसी चार्जरबाट चार्ज गर्न सकिन्छ। सवारी चलाउँदा ऊर्जा बचत गर्न यसमा चार लेभलको ‘रिजेनेरेटिभ ब्रेकिङ सिस्टम’ समेत उपलब्ध गराइएको छ।