१० भदौ २०८३, बुधबार

भोटेकोशी बाढी: सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले भन्यो- ‘बीमा दाबी प्रक्रियामा पूर्ण सहजीकरण गर्छाैँ’



काठमाडौं। रसुवा, नुवाकोट, धादिङ लगायतका आसपासका जिल्लाहरूमा भोटेकोशी तथा त्रिशूली नदीमा आएको भीषण बाढीका कारण पुगेको ठूलो जनधनको क्षतिप्रति सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले गहिरो दुःख व्यक्त गरेको छ।

कम्पनीले प्राकृतिक विपद्मा परी ज्यान गुमाएकाहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारमा समवेदना र घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेको छ।

बाढीका कारण भवन, सवारी साधन, उद्योग-व्यवसाय तथा अन्य भौतिक सम्पत्तिमा ठूलो क्षति पुगेको उल्लेख गर्दै कम्पनीले यस्तो कठिन परिस्थितिमा बीमितहरूकै साथमा रहेको स्पष्ट पारेको छ।

बीमाबाट रक्षावरण भएका सम्पूर्ण सम्पत्तिको क्षति जोखिम वहन गर्न र दाबी भुक्तानीलाई छिटो-छरितो बनाउन कम्पनी प्रतिबद्ध रहेको विज्ञप्तिमा जनाइएको छ।

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सले बाढीबाट प्रभावित आफ्ना बीमितहरूलाई कम्पनीमा यथाशीघ्र सम्पर्क गरी दाबी प्रक्रिया अघि बढाउन अनुरोध गरेको छ। दाबी भुक्तानी प्रक्रियालाई सरल र सहज बनाउन कम्पनीका तर्फबाट पूर्ण सहयोग रहने प्रतिबद्धता समेत जनाइएको छ।

बीमितहरूलाई सहज रूपमा क्षतिको जानकारी गराउन र समन्वयका लागि कम्पनीले सम्पर्क व्यक्तिहरूसमेत तोकेको छः सुवोध कर्माचार्य: ९८५१३६५२७२, अमिता त्रिपाठी: ९८५१३६५२६९, आदर्श श्रेष्ठ: ९८५१२२५९०१ , गिरीश दहाल: ९८५१२०१४२४ ।

प्रभावित बीमितहरूले उल्लेखित सम्पर्क नम्बर वा इमेलमार्फत सिधै सम्पर्क गरी क्षतिको विवरण बुझाउन सक्ने कम्पनीले जनाएको छ।