११ भदौ २०८३, बिहिबार

बाढी प्रभावित बीमितहरूको दाबी फछ्र्यौट यथाशीघ्र छिटो गर्ने ओरिएन्टल इन्स्योरेन्सको घोषणा



काठमाडौँ ।  ओरिएन्टल इन्स्योरेन्स कम्पनीले रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीबाट प्रभावित भएका बीमितहरूको बीमा दाबी फछ्र्यौट यथाशीघ्र छिटो र सहज रूपमा गर्ने घोषणा गरेको छ।

बीमित सम्पत्तिहरूको पुनर्स्थापना तथा क्षतिग्रस्त भौतिक संरचनाहरूको पुनर्निर्माणमा हातेमालो गर्न कम्पनी तयार रहेको जनाएको छ।

छिटो दाबी भुक्तानी प्रक्रियाका लागि कम्पनीले इमेल ([email protected][email protected]) तथा केन्द्रीय दाबी विभागका सम्पर्क व्यक्तिहरूको नम्बर सार्वजनिक गरेको छ। जसअनुसार सहायक प्रबन्धक मनराज महर्जन (९८५१४२४४९९), पुनर्बीमा विभाग प्रमुख सुमित्रा रेश्मी थामी (९८५११५९४३६) र दाबी विभाग प्रमुख प्रविण कुमार झा (९८५५०३३८९९) सँग सोझै सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ।

यसैगरी, सेवाग्राहीहरूले कम्पनीको वेबसाइटमार्फत वा नजिकको कार्यालयमा सम्पर्क गरेर दाबीसम्बन्धी विवरण र सूचना पठाउन सक्ने पनि कम्पनीले जनाएकाे छ।

यसैबिच, भोटेकोशीको बाढीका कारण भएको मानवीय तथा भौतिक क्षतिप्रति कम्पनीले दुःख व्यक्त गरेको छ। बाढीमा परी ज्यान गुमाउनेहरूप्रति समवेदना प्रकट गर्दै कम्पनीले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभ र बेपत्ताहरूको खोज कार्यमा सफलताको कामना गरेको छ।