१२ भदौ २०८३, शुक्रबार

मुक्तिनाथ विकास बैंकद्वारा दैवी प्रकोप उद्धार कोषमा ५० लाख सहयोग



काठमाडौं। मुक्तिनाथ विकास बैंकले बाढीपीडितको राहत, उद्धार तथा पुनःस्थापनाका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५० लाख रुपैयाँ सहयोग गरेको छ।

भदौ १० गते भोटेकोशीमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र चितवनका नदी तटीय क्षेत्रमा ठूलो जनधनको क्षति भएको बैंकले जनाउदै टिमुरे, स्याफ्रुबेशी, बेत्रावती, त्रिशुली र देवीघाटलगायतका क्षेत्रमा बाढीले ठूलो क्षति पुर्‍याएको बैंकको भनाइ छ।

विपत्तिबाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनामा सहयोग पुर्‍याउने उद्देश्यले उक्त रकम उद्धार कोषमा प्रदान गरिएको बैंकले जनाएको छ।

बैंकले बाढीका कारण ज्यान गुमाएका व्यक्तिप्रति श्रद्धाञ्जली तथा शोकसन्तप्त परिवारप्रति समवेदना व्यक्त गर्दै विपद्को समयमा पीडित नागरिकलाई सहयोग गर्नु आफ्नो सामाजिक उत्तरदायित्व भएको जनाएको छ। बैंकले आगामी दिनमा पनि विपद् प्रभावित नागरिकको सहयोग तथा समुदायको हितमा आवश्यक सहकार्य र सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।