बाढीपीडितका लागि ओरिएन्टल इन्स्योरेन्सद्धारा २० लाख सहयोग
काठमाडौँ। ओरिएन्टल इन्स्योरेन्स कम्पनी लिमिटेडले भोटेकोशी नदीमा आएको अकल्पनीय बाढीबाट भएको जनधनको क्षतिप्रति दु:ख व्यक्त गर्दै बाढीपीडितको राहत तथा पुन:स्थापनाका लागि २० लाख रुपैयाँ सहयोग गरेको छ।
कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत रु. २० लाख प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गरेको हो। बाढीबाट प्रभावित परिवारको पीडा र कठिन परिस्थितिलाई मध्यनजर गर्दै राहत, उद्धार तथा पुन:स्थापनाका प्रयासमा सहयोग पुर्याउने उद्देश्यले आर्थिक सहयोग गरिएको ओरिएन्टल इन्स्योरेन्स कम्पनीले जनाएको छ।
यसैबीच कम्पनीले बाढीका कारण ज्यान गुमाउनेहरूप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना पनि व्यक्त गरेको छ। ओरिएन्टल इन्स्योरेन्सले घाइते तथा बाढीबाट प्रभावित सबैको शीघ्र स्वास्थ्यलाभ र सुरक्षित पुन:स्थापनाको कामना पनि गरेको छ।












