३१ भदौ २०८३, बुधबार

कामना सेवा विकास बैंकको २०औं वार्षिक साधारणसभा सम्पन्न, १५ प्रतिशत लाभाशं पारित



काठमाडौँ। कामना सेवा विकास बैंकको २० औं वार्षिक साधारणसभा सम्पन्न भएको छ। भदौ ३१ गते बुधबार आम्रपाली बैंक्वेट, भाटभाटेनी, काठमाडौंमा सभा सम्पन्न भएको हो।

बैंकका संचालक समितिका अध्यक्ष सुदीप आचार्यको अध्यक्षतामा सम्पन्न उक्त वार्षिक साधारण सभाले बैंकका अग्राधिकार शेयरधनीहरूले अग्राधिकार शेयर बाँडफाँट भएको मितिदेखि २०८३ असार मसान्तसम्मको अवधिका लागि अनुपातिक रूपमा ९ प्रतिशत तथा आफ्ना शेयरधनीहरुलाई चुक्तापुँजीको १५ प्रतिशत (करसमेत) नगद लाभाशं वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

साथै, उक्त साधारणसभाबाट लेखा परीक्षकको प्रतिवेदन सहित आ.व.२०८२/८३ को वार्षिक वित्तीय विवरण, वासलात, नाफा नोक्सान हिसाब र सोही आ.व. को नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँट हिसाब लगायत वित्तिय विवरणसँग सम्बन्धीत अनुसूचीहरु सर्वसम्मतीले पारित गरेको छ । त्यसै गरि सभाबाट बाह्रय लेखापरीक्षक एन.बि.एस.एम एण्ड एसोसिएट्सलाई नियुक्त गर्ने प्रस्ताव समेत पारित भएको छ ।

सभामा साधारणसभामा सेयरधनीहरुले राखेका जिज्ञासाको जवाफ बैंकका अध्यक्ष सुदीप आचार्य र प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले दिएका थिए । शेयरधनीहरुले राखेका जिज्ञासाको जवाफ दिँदै बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले निरन्तर रुपमा दोहोरो अंकमा लाभाशं वितरण गर्न सफल भएकोमा आगामी दिनहरुमा संस्थालाई दिगो र सबल बनाउन प्रतिबद्ध रहेको बताएका छन्।