१८ भदौ २०८३, बिहिबार

शेयर धितो राखेरै ७.७५ प्रतिशत ब्याजदरमा रू १५ करोडसम्म कर्जा



काठमाडौं । एनएआइसी एशिया बैंकले शेयर लगानीकर्ताको सुविधाको लागि सर्वाधिक न्यून ब्याजदरमा शेयर धितो राखी कर्जा लिन पाइने सुविधाको ल्याएको छ ।

यदि यस्तो कर्जा लिन चाहनेले बैंकमा सम्पर्क गर्नुपर्ने छ । शेयर धितोमा राखेर कर्जा लिन बैकको जुनसुकै शाखामा आवेदन दिन सकिने छ ।

शेयर धितो कर्जाका विशेषताहरूः

  • सर्वाधिक न्यून वार्षिक ७.७५ प्रतिशत ब्याजदर ।
  • शेयर धितो मूल्यांकनको ७० प्रतिशतसम्म कर्जा ।
  • न्यूनतम रु १ करोड देखि अधिकतम रु १५ करोडसम्म कर्जा ।
  • रु ५० लाखसम्मको ओभरड्राफ्ट सुविधा ।