प्रभु महालक्ष्मी लाइफको कर्पोरेट क्लव एचिभर्स अवार्ड कार्यक्रम सम्पन्न
काठमाडौँ। प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स लिमिटेडले अभिकर्ताहरुको कर्पोरेट क्लव एचिभर्स अवार्ड कार्यक्रम सम्पन्न गरेको छ। चितवनको नारायणगढमा असोज २ देखि ४ गतेसम्म ३ दिन चलेको कार्यक्रम ज्ञान, सम्मान, उल्लास र उत्सवले भरिपूर्णका साथ भब्य रुपमा सम्पन्न भएको हो।
कम्पनीका प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले पानसमा दीप प्रज्वलन गरी कार्यक्रमको उद्घाटन गरेका थिए। उद्घाटन पछि कार्यक्रमलाई सम्बोधनका क्रममा प्रमुख कार्यकारी अधिकृत सन्तोष प्रसाईले अभिकर्ता पेशा अंगालेर उत्कृष्ट व्यवसाय गर्नुहुने अभिकर्ता लिडरहरुलाई कम्पनीले काम उच्च मूल्यांकन गर्दै सम्मान प्रदान गरेको बताए।
यस प्रकारका सम्मानले अभिकर्ता लिडरहरुमा आत्मसम्मानका साथ अझ थप व्यवसायिक सफलता हासिल गर्न हौसला प्रदान गर्ने विश्वास व्यक्त गरे। प्रसाईले आगामी दिनमा पनि अभिकर्ताहरुलाई उच्च मनोबलका साथ व्यवसाय गर्न कम्पनीका तर्फबाट साथ, सहयोग निरन्तर रहने प्रतिवद्धता व्यक्त गरे। आर्थिक वर्ष २०८२-८३ को सफलताको उत्सव मनाइ रहँदा आर्थिक वर्ष २०८३-८४ मा तयारी जीतको वर्षका रुपमा अर्को सफलताको मानांक बनाउन सबै सहभागीहरुमा उत्प्रेरणा प्रदान गरे।
कम्पनीका नेसनल सेल्स हेड तथा नायब महाप्रबन्धक सोन बहादुर मगरले आफ्नो सम्बोधनका क्रममा आर्थिक वर्ष २०८२-८३ को सफलताले आर्थिक वर्ष २०८३-८४ को तयारी जीतको लक्ष्य एचिभ हुनेमा ढुक्क रहेको बताए।
कार्यक्रममा आचार्य राजा बाबु साहको पावर अफ माइन्ड सेट फर विजनेस ग्रोथ ट्रेनिङ सेसनले अभिकर्ताहरुको व्यवसायीक क्षमता बृद्धि गर्न उर्जा प्रदान गरेको थियो । कम्पनीका व्यवस्थापक, अभिकर्ताहरु गरी देशैभरीबाट करिब २०० जनाको कार्यक्रममा उपस्थिति रहेको थियो ।
आर्थिक वर्ष २०८२-८३ उत्कृष्ट व्यवसाय गर्ने अभिकर्ताहरुलाई कम्पनीको कर्पोरेट क्लव अवार्ड कार्यक्रम भब्य कार्यक्रमका बीच सम्मान गरेको थियो। प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले अभिकर्ताहरुलाई निरन्तर रुपमा विभिन्न प्रकारका मोटिभेसनल, रिफ्रेसमेन्ट, सम्मान तथा मनोरञ्जनात्मक कार्यक्रमहरु उत्कृष्ट रुपमा गर्दै आइरहेको छ।














