नेपाल इन्भेष्टमेन्ट बैंकले कमायो ६२ करोड ३८ लाख, १८ अर्व निक्षेप बढायो
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले चालु आवको पहिलो त्रैमासमा ६२ करोड ३८ लाख नाफा आर्जन गर्न सफल भएको छ । गत आवको सोही अवधीको तुलनामा नाफामा गिरावट आएको छ । बैंककले यसै आवको पहिलो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ ।
नेपाल इन्भेष्टमेन्ट बैंकले गत आर्थिक वर्षको सोही अवधिमा अहिलेको भन्दा २२ करोड बढी नाफा कमाएको थियो । बैंकको यो आवमा त्रैमासमा २६.१२ प्रतिशतले नाफामा गिरावट आएको हो । गत आवको पहिलो त्रैमासमा ८४ करोड ४४ लाख नाफा गर्न सफल भएको थियो ।
बैंकको वितरण योग्य मुनाफा २० करोड ५० लाख ९८ हजार रुपैयाँ रहेको छ । १४ अर्ब २४ करोड ८९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको छ । बैंकको खुद ब्याज आम्दानी १० करोड ६३ लाख रुपैयाँ बढेर १ अर्ब ६३ करोड ३५ लाख रुपैया पुगेको छ । बैंकको जगेडा कोषमा १२ अर्ब १ करोड र रिटेन्ड अर्निङ्गमा १ अर्ब ८२ करोड सञ्चित छ ।
पहिलो त्रैमासमा बैंकको निक्षेप भने १८ अर्व बढाएको छ । १ खर्ब ६६ अर्ब ३६ करोड निक्षेपबाट बढेर १ खर्ब ८४ अर्ब ८८ करोड पुगेको छ । उता कर्जा भने घटेको छ । १८ अर्व बढी निक्षेप उठाएको बैंककले कर्जामा भने १ खर्ब ३९ अर्ब २ करोड पुगेको छ ।
बैंकको प्रतिसेयर आन्दानी १७ रुपैयाँ ५१ पैसा रहेको छ । निष्क्रिय कर्जा २।८४ प्रतिशतबाट बढेर २।८० प्रतिशत पुगेको छ ।













