मेरो माईक्रोफाइनान्सको नाफा ३ करोड २३ लाख
काठमाडौं । नुवाकोटको बट्टारमा केन्द्रीय कार्यालय रहेको मेरो माइक्रोफाइनान्सले यसै आवको पहिलो त्रैमासमा तीन करोड २३ लाख खुद नाफा कमाएको छ । कोरोनाको कारण १ करोड नाफा घटेको मेरो माइक्रोफाइनान्सले हालै सेयरधनीलाई १७ प्रतिसत बोनस सेयर दिएको थियो ।
८५ करोड चुक्ता पूँजी रहेको लघुवित्तले जगेडा कोषमा भने ३८ करोड ६५ लाख रुपैयाँ राख्न सफल भएको छ । ऋण लगानी गरेको छ । मेरो माइक्रोफाइनान्सले विभिन्न बेंक वित्तिय संस्थासंग ५ अर्ब ६६ करोड ऋण लिएर लगानी गरेको छ ।
लघुवित्तको खुद व्याज आन्दानीमा पनि केही गिरावट आएको छ । त्रैमासमा ११ करोड २८ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ । लघुवित्तको प्रतिसेयर आम्दानी १५ रुपैयाँ १२ पैसा रहेको छ जुन तुलनात्मक रुपमा राम्रो मानिन्छ । लघुवित्तको प्रतिसेयर नेटवर्थ १४५ रुपैयाँ २१ पैसा रहेको छ ।










