आज एकैदिन ११ हजार ७ सय रुपैयाँ घट्यो सुन मूल्य, कति पुग्यो तोलाको ?
काठमाडौं । बडादशैंकाे अन्तिम दिन काेजाग्रत पूर्णिमाकाे दिन आइतबार सुनको मूल्य ११ हजार ७ सय रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला २ लाख ७८ हजार ५ सय रुपैयाँमा झरेकाे छ।
यसअघि गत सोमबार २ लाख ९० हजार २ सय रुपैयाँमा सुनको कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको भाउ पनि प्रतितोला २३० रुपैयाँ घटेको छ । गत सोमबार चाँदी प्रतितोला ४ हजार १८५ रुपैयाँमा कारोबार भएकोमा आज ३ हजार ९५५ रुपैयाँमा झरेको महासंघले जनाएकाे छ ।















