११ कार्तिक २०८३, बुधबार

नेपाली बजारमा छोटो समयमै लोकप्रिय बन्दै एलजी वाटर प्युरीफायर



काठमाडौं । नेपाली बजारमा सार्वजनिक भएको एक महिना नबित्दै एलजी वाटर प्युरीफायर उपभोक्ता माझ लोकप्रिय बनेको र उत्साहजनक बिक्रीसहित बजारमा राम्रो गति हासिल गरेको छ।

उन्नत पानी शुद्धीकरण प्रविधि, गुणस्तरीय स्टेनलेस स्टिल ट्याङ्की र विशेष मर्मतसम्भार सुविधाको संयोजनले एलजी वाटर प्युरीफायरलाई प्रतिस्पर्धी बजारमा फरक पहिचान दिलाएको छ।

एलजी वाटर प्युरीफायर मा सेडिमेन्ट फिल्ट्रेसन, एन्टी-स्केलन्ट ट्रिटमेन्ट, कार्बन फिल्ट्रेसन, रिभर्स अस्मोसिस (आरओ) तथा मिनरल बुस्टर/पोस्ट-कार्बन फिल्ट्रेसन सहितको मल्टि-स्टेज प्युरीफिकेसन सिस्टम रहेको छ, जसले पानीमा रहेका विभिन्न अशुद्धता हटाउन सहयोग गर्छ। यसको ८ लिटर क्षमताको ट्याङ्कीले परिवारको दैनिक आवश्यकताका लागि शुद्ध पानी भण्डारण गर्ने पर्याप्त सुविधा प्रदान गर्छ। साथै, एयरटाइट्र ट्याङ्की कभर र लकिङ सिस्टम ले बाहिरी धुलो तथा दूषित पदार्थ ट्याङ्कीभित्र प्रवेश गर्नबाट रोक्न मद्दत गर्छ।

एलजी वाटर प्युरीफायरको अर्को प्रमुख विशेषता “टु फ्री मेन्टिनेन्स” सुविधा हो, जसअन्तर्गत पहिलो वर्षमा दुई पटक निःशुल्क सेड्युलड एण्ड अटोमेटेड सर्भिस भिजिट, दुई पटक कन्ट्याक्टलेस मेन्टिनेन्स सहित डिजिटल स्ट्रिलाइजेसन केयर तथा दुई पटक आउटसाइड सेडिमेन्ट फिल्टरहरू उपलब्ध छन्। गुणस्तरीय उत्पादनसँगै खरिदपछिको सेवामा दिइएको यो सुविधाले ग्राहकलाई थप सहजता र विश्वास प्रदान गरेको छ।

यी विशेषतासँगै यस दशैं तिहार तथा छठको उपलक्ष्यमा उपलब्ध आकर्षक चाडपर्व अफर र शून्य प्रतिशत इएमआई किस्ताबन्दी सुविधा ले एलजी वाटर प्युरीफायरलाई ग्राहकका लागि अझ आकर्षक बनाएको छ। उन्नत प्रविधि, स्वच्छ पानी भण्डारण, परिवारमैत्री क्षमता र अतिरिक्त मर्मतसम्भार सुविधाको संयोजनले यसको प्रारम्भिक बजार सफलतामा योगदान पुर्‍याएको छ।