१७ कार्तिक २०८३, मंगलबार

सोलुखुम्बुमा दुई हेलिकोप्टर आपसमा ठोक्किए, एक विदेशी नागरिकको मृत्यु, एक घाइते



काठमाडौं । सोलुखुम्बुमा दुईवटा हेलिकोप्टर एकआपसमा ठोक्किदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन् ।

बिहान करिब ८ः१५ बजे सोलुको लुक्लाभन्दा माथि फेरिजिम क्षेत्रमा अवतरण गर्ने क्रममा दुईवटा हेलिकोप्टर एकआपसमा ठोक्किएका हुन्।

फिस्टेल र डायनेस्टी एयरका हेलिकोप्टर फेरिचे हेलिप्याडमा ल्याण्डिङको क्रममा ठोक्किदा विदेशी नागरिकको मृत्यु भएको हाे । घाइतेलाई प्रभु एयरको हेलिकप्टरमार्फत उद्धार गरिएकाे छ।

दुर्घटनाको विस्तृत विवरण भने आउन बाँकी नै छ ।